च्याम्पियन्स लिगः परिपक्क आयाक्ससामु टोटेनह्याम निरिह

एजेन्सी, बैशाख १८ । पाहुना टोली आयाक्सलाई १–० को नतिजा सुम्पिएको घरेलु टोली टोटेनह्याम च्याम्पियन्स लिग अन्र्तगत सेमिफाइनलको पहिलो लेगमा पराजित भएकोछ ।

नवनिर्मति मैदानमा मंगलबार राति भएको पहिलो लेगमा इङ्लिस प्रमियर लिगको क्लब टोटेनह्यामले डच टोली आयाक्सलाई नतिजा सुम्पिएको हो । १५ औं मिनेटमा भान डि विकले गरेको गोल निर्णाय बन्दा पाहुना टोलीलाई आयाक्सलाई पहिलो लेगमा अग्रता प्राप्त भएको हो ।

 

फरवार्ड ह्यारी केन बिना मैदान उत्रिएको घरेलु टोली टोटेनह्यामलाई केनको अनुपस्थिति प्रस्ट देखिएको थिए । साथै उनका अर्का भरपर्दा  खेलाडी सन ह्युङ मिन पनि निलम्बनमा परेकाले घरेलु टोली थप दबाबमा परेको थियो ।

च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्ट्स र युरोपियन च्याम्पियन रियाल मड्रिडलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको आयाक्सले इङ्लिस टोलीविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भएको थियो ।

परिपक्क खेल देखाएको आयक्सले दोस्रो लेग आउँदो बिहीबार घरेलु मैदानमा खेल्ने छ । टोटेनह्यामलाई आतिथ्य गर्दै खेल्ने लेगमा आयाक्स उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।

अग्रतालाई कायम राखेको खण्डमा अजाक्सले जुन २ मा लिभरपुल र बार्सिलोना बीचको बिजेतासँग उपाधिकालागि भिड्ने छ ।

२०७६ बैशाख १८, बुधबार मा प्रकाशित