एएफसि कप : पुनरागमनमा मनाङ अंक खोस्न सफल

काठमाडौं, वैशाख १८ । शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि विजेता मनाङ मस्र्याङ्दी फुटबल क्लबले भारतको आई–लिग च्याम्पियन मिनेर्भा पञ्जाबसँग २–२ गोलको बराबरी खेल्दै एएफसि कप अन्तर्गत समूह ‘ई’ को तालिकामा पहिलो अंक जोड्न सफल भएको छ ।

भारतको उडिसा स्थित कलिङ्ग रंगशालामा भएको खेलमा मनाङले पछि परेको अवस्थामा पुनरागमन गर्दै अंक खोस्न सफल भएको छ । मनाङसँग बराबरी खेलेको मिनेर्भाले यो सँगै प्रतियोगितामा तेस्रो बारबरी खेलेको हो ।

समूह ‘ई’ अन्तर्गत यस अघि भएका दुई खेलमा पराजित भएको मनाङ अघिल्लो चरण प्रवेशका लागि भए पनि गर या मरको अवस्थामा मैदान उत्रिएको थियो । प्रतियोगिताको पहिलो खेलमा मनाङले अवहानी ढाकालाई काठमाडौंमा भएको खेलमा १–० को नतिजा सुम्पिएको थियो भने दोस्रो खेलमा भारतकै आएसएल लिगको विजेता चेन्नईइनसँग २–० ले पराजित भएको थियो।


भ्रमणकारी टोली मनाङविरुद्ध सुरुआतबाट नै आक्राम देखिएको मिर्नेभाले ८ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता लिएको थियो । मिनेर्भा पञ्जाबका श्रेयस गोपालनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पछि परेको अवस्थामा सम्हालिएर खेलेको मनाङले ३५औ मिनेटमा पेनाल्टीको अवसर पाए पनि सदुपयो गर्न सकेन । विपक्षी खेलाडी अरसप्रित सिंहले मनाङका खेलाडी अफिज ओलावालेलाई खराब फाउल गरेपछि प्राप्त अवसरमा सुजल श्रेष्ठ चुक्दा मनाङले पहिलो हाफमा बारबरीको अवसर गुमाएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा संयमित भएर खेल पस्कियो । ६९औं मिनेटमा मनाङका अभिशेक रिजालले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए । सम्पन्न दुई खेल मध्ये दुबैमा पराजित भएको मनाङ त्यसपछि आक्रामक देखिए पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल रह्यो । खेल सकिन ४ मिनेट बाँकी रहँदा कप्तान विराज महर्जनले मिनेर्भाका खेलाडीलार्ई पेनाल्टी बक्स भित्र तानेपछि घरेलु टोली पेनाल्टीको अवसर दिएका थिए । नुरेन करिमले पेनाल्टीलाई सहजै सदुपयोग गर्दै पुन टोलीलाई २–१ को अग्रता तर्फ डो¥याएका थिए । पछि परेसँगै खेलमा फर्किन निकै संघर्ष गरेको मनाङले अन्तिम मिनेटमा पुनः बराबरी गोल फर्काउन सफल भयो । मनाङका कमल श्रेष्ठले दिएको लामो एयर बललाई एडिलेजाले हेडर मार्फत गोल गर्दै मनाङलाई पुन बराबरीको अवस्थामा ल्याएका थिए ।

प्रतियोगिता अन्र्तगत समूह ‘ई’ मा पहिलो अंक जोडेको मनाङ प्रशिक्षक छिरिङ लोपसाङ गुरुङले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाड्न परेको प्रतिक्रिया दिए । समूह ‘ई’ मा भारतको आईएसएल लिग विजेता चेन्नेइइन ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । चेन्नेईइनले तीन मध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । उता तीन मध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको ढाका अबहानी ४ अंकका साथ दोस्रो र तीन खेल मध्य सबैमा बराबरी खेलेको मिनेर्भा ३ अंकका तेस्रो स्थानमा छ । मनाङ एक अंकका साथ तालिकाको अन्तिम स्थानमा छ ।

२०७६ बैशाख १८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment