आईपिएल : सन्दीपको टोली दिल्लीलाई चेन्नेईले हरायो

एजेन्सी, बैशाख १८ । इमरान ताहिर र रविन्द्र जडेजाको कसिलो बलिङ प्रेरित खेलमा चेन्नेई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै भारतमा जारी इन्डिय प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १३ खेलबाट ९ जित निकालेको चेन्नेईले शीर्ष दुई रहेर क्यालिफायर खेल्ने संभावना बनाएको छ ।

पहिला ब्याटिङ गर्दै चेन्नेई दिएको १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १६.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९९ रन जोड्न सक्यो । घातक बलिङ सामुन निरिह बनेको दिल्लीका लाग कप्तान श्रेयस सर्वाधिक ४४ रन तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । किफायति बलिङ गरेको चेन्नेईका लागि इमरान ताहिर र रविन्द्र जडेजाले क्रमश ४ र ३ विकेट हात पार्दा हरबजन सिंह र दीपक चाहरले समान १/१ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको साविकको विजेता चेन्नईले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
खेलमा चेन्नईका लागि सुरेश रैनाले अर्धशतकीय इनिङ खेले । सुरुआती ब्याटिङ लाइन धरमराएको अवस्थामा चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट प्रदर्शन गरे । २२ बलको सामना गरेका कप्तान धोनीले ३ छक्का र ४ चौकाको मद्दतमा नटआउट ४४ रनको पारी खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पुर्याएका थिए ।

यस्तै ओपनर फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोड्दा अर्का ओपनर शेन वाटसन शून्यमा पेभिलिएन फर्किए । रविन्द्र जडेजाले २ चौका र २ छक्का सहित आक्रामक ब्याटिङ गर्दै व्यक्तिगत २५ रन जोड्दा आम्बाती रायडु ५ रनमा नटआउट रहे । बलिङ तर्फ दिल्लीका लागि जगदीश सुचितले २ विकेट हात पार्दा क्रिस मोरिस र अक्सर पटेलले समान १/१ विकेट लिए । १३ खेल मध्ये ८ खेलमा जित र ५ मा पराजय भोगको दिल्ली तालिकाको दोस्रो स्थानमा झरेको छ ।

२०७६ बैशाख १९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment