च्याम्पियन्स लिग : लिभरपुलविरुद्ध बार्सिलोनाको फराकिलो जित

बार्सिलोना, वैशाख १९ (एजेन्सी)– लियोनल मेसीले बार्सिलोनका लागि ६ सय गोल पूरा गरेको दिन बुधबार स्पेनिस क्ल्ब बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पाहुना टाली लिभरपुलमाथि फराकिलो जित निकाल्न सफल भएको छ ।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा इङ्लिस क्लब लिभपुलललाई ३–० ले हराउँदै पहिलो लेगमा शानदार जित निकाल्न सफल भएको हो ।

पहिलो लेगमा सफलता दिलाउन बार्सिलोनाका लागि लुइस सुआरेजले खेलको २६ औं मिनेटमा घरेलु टोलीका लािग सुरुआती अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा पाहुना टोली लिभरपलुले पनि केही राम्रा अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन ।

पहिलो हाफमा १–० कोअ ग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । कप्तान लिओनल मेसीले दोस्रो हाफ खेल चलिरहँदा ७ मिनेटको अन्तरालमा दुई गोल गर्न सफल भएका थिए । ७५औं मिनेटमा लुईस स्वारेजले प्रहार गरेपछि विपक्षी लिभरपुलको गोलपोस्टको माथिल्लो बारमा लागेर फर्किएको बललाई मेसीले सहजै गोल परिणत गरेका थिए । त्यसको सात मिनेट पछि ८२ औं मिनेटमा कप्तान मेसीले फ्रिकिक मार्फत टोलीलाई ३–० को अवस्थामा पुर्याए ।

यो सँगै मेसीले इङ्लिस क्लबविरुद्ध ३३ खेल खेल्दै २६ गोल पूरा गरेका छन् । लिभरपुलविरुद्ध २ गोल गरेसँगै बार्सिलोनाका लागि ६ सय गोल पूरा पनि भएको छ ।

२०७६ बैशाख १९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment