नीति तथा कार्यक्रम अन्तर्गत खेलकुदमा क्रिकेटलाई प्राथमिकता

काठमाडौं, वैशाख २० । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई उच्च प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा क्रिकेट खेलका लागि मुख्य प्राथमिकता दिइएको छ । घोषणा गरेको कार्र्यक्रममा सरकारले काठमाडौंको मुलपानीमा निर्माणाधिन मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने बताएको छ । मुआब्जा विवाद समाधान गरेको सरकारले मैदानलाई दुई निमार्ण सम्पन्न गराउने उद्देश्य राखेको छ ।

यस्तै सरकारले नीजि स्तरबाट सञ्चालन भईरहेका क्रिकेट प्रतियोगिता र पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै घोषणा कार्यक्रममा काठमाडौं उपत्यकामा अत्याधुनिक राष्ट्रिय खेलकुद परिषदको भवन निर्माण गर्न अर्को बर्षभित्र डीपीआर निर्माण गर्ने योजना अगाडि सारेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आवश्यक पुर्वाधार निर्माण समयमै सम्पन्न गरेर १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग यसै बर्ष भित्र सम्पन्न हुने बताइन ।

२०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment