रोमाञ्चक खेलमा गोल्डेन गेट विजयी

काठमाडौं, वैशाख २० । दि रोयल बास्केटबल क्लबलाई अतिरिक्त समयको खेलमा ११–६ को स्कोरले हराउँदै गोल्डेन गेट इन्टरनेश्नल कलेजले नेपाल बास्केटबल लिगमा दोस्रो जित निकालेको छ ।

सानोगाँउ स्थित रोयलको घरेलु कोर्टमा भएको खेलमा दुबै टोलीले निर्धारित चार क्वार्टरमा समान ९४ स्कोर गर्दै बराबरी खेले पछि खेलको निर्णय अतिरिक्त समयको खेलबाट लिइएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो क्वार्टरमा २६–२६ को स्कोर निकाल्दा दोस्रो क्वार्टरमा रोयलले २६–२४ को जित निकालेको थियो । तेस्रो क्वार्टरमा १८–१७ को स्कोर निकाल्दै खेलमा फर्किने संकेत देखाएको गोल्डेन गेटले अन्तिम क्वार्टरमा पनि एक अंकको अग्रता बनाउँदै २६–२५ को जित निकाल्न सफल भएको थियो । चौथो क्वार्टरको नतिजपछि दुबै टोलीको ९४/९४ स्कोर हुँदा खेल अतिरिक्त समय तिर धकेलिएको थियो । जसमा पाहुना टोली गोल्डेन गेटले बाजी मार्न सफल भयो । गोल्डेन गेटका विक्रम डंगोलले सर्वाधिक २३ स्कोर गरे ।

यो सँगै गोल्डेन गेटले तीन खेलबाट दुई खेलमा जित निकाल्न सफल भएको छ भने पराजित रोयलले पनि तीन मध्ये दुई खेलमा जित निकालेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारै सम्पन्न अको खेलमा टाइम्स इन्टरनेश्नल कलेजले बुढानिलकण्ठ नगरपालिकालाई ८२–६६ स्कोरले पराजित ग¥यो । टाइम्सका जोश्वा शेरचनले सर्वाधिक ७ स्कोर गरे ।

२०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment