भलिबल संघद्वारा महत्कांक्षी आयोजना सार्वजनिक

काठमाडौं, वैशाख २० । नेपाल भलिबल संघले विभिन्न २२ वटा कार्यक्रम समावेश गर्दै २०७६ का लागि एक बर्षको बार्षिक क्यालेन्डर शुक्रबार सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अनुमानित ७ करोड ५० लाख रुपैयाँ बजेटको महत्वकाक्षी बार्षिक क्यालेन्डर सार्वजनिक गरको हो ।

सार्वजनिक क्यालेन्डर अनुसार संघले बर्ष २०७६ का लागि अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत एसियाली स्तरको एभिसि एशियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नेछ । यसै वर्षको साउन अन्तिम सातालाई काठमाडौंमा गर्ने उल्लेख गरेको छ । यस अघि अघिल्लो वर्ष क्यालेन्डरमा राखे पनि गर्न नसकेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । सरकारले गत बर्ष भलिबल संघलाई करिब १३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दले सरकारले सहयोग नगरे पनि प्रायोजक खोजेर सार्वजनिक क्यालेन्डरका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘सरकारी बजेटको मात्र भरमा हामीले कार्यक्रम सार्वजनिक गरेका होइनौं, राष्ट्रिय खेल हो, यसको विकास भएको चाहान्छौं । त्यसैले हामी कुनै प्रायोजक खोजेर भए पनि कार्यक्रमहरु सफल बनाउँछौं,’ महासचिव चन्दले भने ।

यता भलिबलसंघका अध्यक्ष मनोरञ्जन रमण शर्माले योजना अनुसार नैे सर्वाजनिक गरेका कार्यक्रमलाई सम्पन्न पार्ने प्रतिवद्धता जनाए ।
‘सबै कार्यक्रमहरु हामीले भने जस्तै तरिकाले आयोजना गर्नेछौं,’ अध्यक्ष शर्माले भने, ‘बजेट कम छ, मागेर भएपनि कार्यक्रम सफल बनाउन हामी तयार छौं । सरकार बजेट दिन मान्दैन, बजेट छैन भन्दै हामी वार्षिक कार्यक्रमहरु राख्दैनौं । राष्ट्रिय खेल हो जसरी हुन्छ सफल पार्न नै लाग्छौं ।’

एशियन सेन्ट्रल जोनको आयोजना देखि पुरुष/महिला क्लव लिग भलिबलहरु समावेश गरिएको क्यालेन्डरमा अवार्ड, वैदेशिक प्रशिक्षण, ओलम्पिक डे भलिबल आदि कार्यक्रम समावेश गरिएको छ ।

२०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment