मेचीनगरमा विभागीय टोलीबीच उपाधि भिडन्त

दमक, वैशाख २० । चौथो मेचीनगर गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब एकआपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आइतबार हुने फाइनलमा दुवै विभागीय टोलीले उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेका छन् । प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले प्रतिष्ठाको प्रतिस्पर्धाको रूपमा लिँदै निर्धारित समयमै उपाधि उचाल्ने दाबी गरे । आर्मी डिफेन्डिड च्याम्पियन हो । गत वर्ष मनाङ मस्र्याङ्दीलाई २–१ गोलको अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको थियो । यी टोली आठौं राष्ट्रिय खेलकुदमा पनि आमनेसामने भएका थिए । लिगमा १–० ले विजयी बनेको पुलिस फाइनलमा भने आर्मीलाई १–० को नतिजा सुम्पिन बाध्य भएको थियो ।

२०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित