एपिएफका खेलाडीलाई सम्मान

काठमाडौं, वैशाख २०– अन्नपूर्ण होटल दरवारमार्गले एपिएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ ।  एपिएफका खेलाडीलाई शुक्रबार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाहले सम्मान गरेका हुन् ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीको सम्मान नै राष्ट्र प्रतिको सम्मान हो भन्ने ठानेका बताए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न पाँचौं केएनपी खुला महिला भलिबल प्रतियोगिताको विजेता टोलीलाई एपिएफलाई अन्नपूर्ण होटलले सम्मान तथा लन्चको आयोजना गरेको हो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तानसमेत रहेकी एपिएफकी कप्तान विनिता बुढाथोकीले खेलाडीलाई यस प्रकारको सम्मानले उत्साहित बनाउने बताइन् । एपिएफकै खेलाडी रेश्मा भण्डारीले पनि विभिन्न क्षेत्रको प्रोत्साहनले खेलाडीहरूमा उत्साह बढाउने थपिन् । ‘हाम्रो लागि पहिलो अवसर हो,’ रेश्माले भनिन्,‘त्यसैले हामी उत्साहित पनि छौं । यसरी खेलप्रति पाँचतारे होटलको पनि सहयोगले समग्र खेलमै नयाँ उर्जा थपिनेछ ।’

२०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment