रोनाल्डोको गोलले युभेन्ट्स हारबाट जोगियो

एजेन्सी, वैशाख २१ । निर्धातिर समय सकिन ६ मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डले हेडर मार्फत गोल गरेको पछि युभेन्ट्सले पाहुना टोली टोरोनोसँग इटालियन सिरी ए लिगमा शुक्रबार अंक बाँडेको छ ।

खेलको १८ औं मिनेटमा टोरिनोका सासा लुकिचले गोल गर्दै सुरुआती अग्रता दिलाए पनि अन्तिम ६ मिनेट सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भएको हो । लिगमा तीन खेल बाँकी रहँदा अंक बाँडेको युभेन्ट्सको जारी लिगमा ३५ खेलबा ८९ अंक भएको छ ।
टोरिनो भने समान खेलबाट ५७ अंकका साथ तालिकाको छैठौ स्थानमा रहेको छ ।

अन्तिम समयमा बराबरी गोल फर्काएसँगै भ्रमणकारी टोली टोरिनोले युभेन्ट्सको घरेलु मैदानमा २४ वर्ष पछि जित निकाल्ने सपना असफल भएको छ । उपाधि जिति सकेको युभेन्ट्सका लागि मिडफिल्डर मिरिलेम पजानिकको गल्तीको फाइदा उठाउँदै सासाले भ्रमणकारी टोलीका लागि सुरुआती अग्रता दिलाउ सफल भएका थिए ।

बराबरी खेलको टोरिनो च्याम्पियन्स लिगका लागि स्थान बनाउन संघर्षरत छ । चौथा स्थानमा रहेको एट्लान्टको ५९ अंक रहँदा टोरिनो २ अंकले पछाडि रहेको छ । लिगमा तीन खेल बाँकी रहँदा टोरिनोले सासौलो, इम्पोली र लाजियोसँग खेल्न बाँकी छ । अंक बाँडेको युभेन्ट्सले अघिल्लो आठौ उपाधि कब्जा गरिसकेको छ । उपाधि जितेको युभेन्ट्सको आठौं उपाधि हो । टोरिनोले यस अघि १९९५ मा युभेन्ट्सलाई पराजित गरेको थियो ।

२०७६ बैशाख २१, शनिबार मा प्रकाशित