टोटेनह्यामविरुद्ध बर्नेमाउथको संघर्षपूर्ण जित

एजेन्सी, वैशाख २१ । नौ खेलाडीमा सिमित बनेको टोटेनह्याममाथि बर्नेमाउथले इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार संघर्षपूर्ण जित निकालेको छ ।

बर्नेमाउनको घरेलु मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटेनह्यामका दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि टोटेनह्याम ९ खेलाडीमा सिमित भएको थियो । टोटेनह्यामका सन ह्युमिनले ४३औं मिनेटमा र हुँवा फोइथले ४८ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

कम खेलाडी भए पनि फाइदा उठाउन नसकेको घरेलु टोली बर्नेमाउथले अतिरिक्त समयमा गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो । बर्नेमाउथका लागि नाथन आकेले दोस्रो हाफको इन्जुरी समयमा घरेलु टोलीलाई विजयी नतिजा दिलाउन सफल भएका हुन् ।

संघर्ष पूर्ण जित निकालेको बर्नेमाउथको ३७ खेलबाट ४५ अंक भएको छ भने पराजित टोटेनह्यामको ७० अंक छ । टोटेनह्याम तालिकाको तेस्रो स्थानमा छ भने बर्नेमाउथ तालिकाको १२औं स्थानमा छ । दुबै टोलीले एक खेलेमा जारी सिजनको लिग समापन हुनेछ ।

यस्तै लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा वेस्ट ह्याम युनाइटेडले साउथ ह्याम्टनलाई ३–० ले पराजित गर्दा अर्को खेलमा उल्भरह्याम्टनले फुलह्यामलाई १–० ले स्तब्ध बनायो ।

२०७६ बैशाख २१, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment