लुधियाना, बैशाख २४ (एजेन्सी) – भारतमा मे ५ तारिखदेखि सुरु भएको तेस्रो संस्करणको इन्डियन वुमन्स लिग अन्तर्गत आफ्नो डेब्यु खेलमा नै नेपालकी सावित्रा भण्डारीले ह्याट्रिक गरेपछि चौतर्फी चर्चा चुलिएको छ।
प्रतियोगिताको लागि तामिलनाडुको सेथु फुटबल क्लबमा आबद्द भएकी सावित्राले सोमबार सिजनको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्स क्लब बिरुद्द ह्याट्रिक सहित ४ गोल गरेकी हुन्।
KICKOFF! Sethu FC get the match underway and Sabitra Bhandari scores the fastest goal of this #HeroIWL season on 29 seconds! ?
MPSC 0-1 SFC#MPSCSFC #ShePower #IndianFootball pic.twitter.com/opizCDyTt5
— Indian Football Team (@IndianFootball) May 6, 2019
पहिलो रोजाईमा परेकी सावित्राले खेल सुरु भएको २९ सेकेन्डमा नै पहिलो गोल गरेकी थिईन्। त्यसपछि १६ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गरेकी उनले ३४ मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरेकी थिइन्।
सावित्राले पहिलो हाफमा थपिएको ३ मिनेट समयमा अर्को गोल थप्दै ४ गोल पुरा गरेकी हुन्।
34′ GOAL! AND WE HAVE A FIRST-HALF HAT-TRICK! HOW OFTEN DO WE SEE THAT? ?
Grace frees Sabitra inside the box, and the Nepali striker finishes it off! ??
MPSC 1-3 SFC
?: https://t.co/OxxAEtEcwo #MPSCSFC #HeroIWL #ShePower #IndianFootball pic.twitter.com/S22I1e0ftM
— Indian Football Team (@IndianFootball) May 6, 2019
खेलमा ४ गोल गर्दै अर्को १ गोलमा पास मिलाएकी सावित्रा प्लेयर अफ द वुमन घोषित भईन्। उनले ५ हजार भारतीय रुपैयाँ हात पारिन्।
यस्तै सेथु एफसी मा नै आबद्द अर्की नेपाली खेलाडी अनिता बस्नेत भने बेन्चमा नै रहिन।
सेथुले जितसहित प्रतियोगिताको सुरुवात गर्नेक्रममा ६-४ को जित निकाल्यो।
Manipur Police SC 4 (Sowmiya o.g. 22’, Bala Devi 41, 90+1, Pramodini Chanu 64) lost to Sethu FC 6 (Sabitra Bhandari 1’, 16, 34, 45+3, Dangmei Grace 67’, 75’)
१२ टिमहरु सहभागी प्रतियोगितामा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शिर्ष २ टिम सेमिफाइनलमामा प्रवेश गर्ने छन्।
