बार्सिलोनालाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी, वैशाख २५ । दोस्रो लेगमा भ्रमणकारी टोली बार्सिलोनाविरुद्ध ४–० जित निकालेको लिभरपुलले समग्रमा ४–३ को जित निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

पहिलो लेगमा बार्सिलोनालाइ उसैकाे मैदानमा ३–० को नतिजा सुम्पिएको लिभरपुलले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम दुईमा स्थान बनाउन सफल भएको हो ।


खेलको सुरुआतबाट नै आक्रमक देखिएको लिभरपुले ७ औं मिनेटमा डिभोक ओरिगोकाे गाेलबाट सुरूअाती अग्रता लिएकाे थियाे । मुख्य स्ट्राइकर मोहम्मद सालाहा विना नै मैदान उत्रिएको लिभरले घरेलु दर्शक साथलाई भरपुर उपयोग गर्न सफल भयो ।

पहिलो हाफमा केही सन्तुलित खेल खेलेकाे भ्रमणकारी टोली बार्सिलोनाले दोस्रो हाफमा जादुमय खेल देखाउन सकेन् ।  पहिलो हाफमा पछाडि परेको बार्सिलोनाले ५४ औं मिनेटमा अर्को गोल खान पुग्यो । लिभरपुलका लागि जर्जजिनोले गोल गर्दै खेल २–० को अवस्था ल्याए । त्यसको दुई मिनेटपछि नै र्जजिनोले नै जाली चुमाउँदा घरेलु टोली दोस्रो लेगमा  फर्किन सफल भएको थियो ।

पुनरागमन गरिसकको लिभरपुलले उच्च मनोबलका साथ बाँकी ३४ मिनेट जित निकाल्नमा तल्लिन बन्यो । बराबरीपछि निकै संयमित भएर उत्कृष्ट खेल प्रस्तुत गरेको लिभरपुलले ७९ औं मिनेटमा भ्रमणकारी टोली बार्सिलोनाविरुद्ध चौथो गोल थप्यो । डिभोक ओरिगोले हेडर मार्फत गाेल गर्दै टोलीलाई जितको नजिक पुर्याए ।

बाँकी समयमा बार्सिलोना खेलमा फर्किन प्रयास गरे पनि बलियो लिभरपुलको रक्षापंक्तिलाई तोड्न सकेन् । साथै फितलो प्रदर्शन गरेको बार्सिलोना नाटकिय हार बोहोर्दै च्याम्पियन्स लिगकाे यात्रा टुङ्गाउँदै घर फर्किएकाे छ ।

२०७६ बैशाख २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment