हिरो वुमन्स लिगः सावित्रा र अनिताको गोलमा सेथु विजयी

काठमाडौं, वैशाख २५ । भारतमा जारी हिरो वुमन्स लिग बुधबार पनि नेपाली खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेपछि सेथु एएफसीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

सेथु एफसीलाई लगातार दोस्रो जित दिलाउने क्रममा नेपाली खेलाडीद्वय सवित्रा भण्डारी र अनिता बस्नेतको समान एक÷एक गोल गरे । सेथुले बैंगलोरलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

लिग अन्तर्गत बुधवार भएको पहिलो खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेकी थिइन् । अघिल्लो खेलमा चार गोल गरेकी सावित्राले खेलको ११औं मिनेटमा सेथुका लागि गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन् । निकै आक्रामक देखिएको सेथुका लागि भारतीय खेलाडी सन्धियाले पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याएकी थिइन् । पहिलो हाफमा २–० को अग्रता लिएको सेथुका लागि अनिताले गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याइन् । सावित्राकै स्थानमा मैदान प्रवेश गरेकी अनिताले ७४औं मिनेटमा गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरिन् । बाँकी समयमा बैंगलोरले खेलमा फर्किन निकै प्रयास गरे पनि बलियो सेथुको रक्षापंक्ति अगाडि चल्न सकेन ।

यस अघि पहिलो खेलमा मणिपुर पुलिसलाई सेथुले सावित्रकाको चार गोलको मद्दतमा ६–४ को जित निकालेको थियो ।

२०७६ बैशाख २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment