सिन्धुकप फुटबल : गोर्खा व्बाइज उपाधि नजिक

काठमाडाैं, वैशाख २५ । गोर्खा व्बाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय एपीएफलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्याे ।

अव उपाधिका लािग गोर्खा ब्वाइजले आयोजक युथ स्पोर्टस् क्लब र जावलाखेल युथ क्लबको विजेतासँग खेल्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समय कुनैपनि गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी आउटमा गरिएको थियो । पेनाल्टी सटआउटमा एपीएफका रवि थिंक र गोलरक्षक अमृत चौधरी चुके । गोर्खा ब्वाइजका लागि रुपेश के सी, उत्तम गुरुङ, भरत शाह र सकल रेग्मीले गोल गरे । एपीएफको लागि राम कुमार कुमाल, हरी कार्की र प्रदिप लामाले मात्रै गोल गर्न सफल रहे ।

यस अघि निर्धारित समयमा दुबै तर्फबाट गोलका केहि राम्रो अवसर सिर्जना गरेपनि सदुपयोग भने गर्न सकेनन् ।

खेलको ८ मिनेटमा रुपन्देहीका शुसिल यादवको उत्कृष्ट प्रहार क्रसबार माथिबाट बाहिरियो । यस्तै खेलको ४१ मिनेटमा रुपन्देहीका रुपेश के सीले डिबक्सभित्रबाट हानेको सशँक्त प्रहार क्रसबारमा लागेर फर्कियो ।

यता, एपीएफका रवि थिंकले खेलको ३१ मिनेटमा हानेको फ्रिकिक क्रसबार केहि माथिबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दि म्याच गोर्खा ब्वाइजका रुपेश के सी भए । उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल भोली हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

२०७६ बैशाख २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment