सनराइजर्सविरुद्ध दिल्लीले बलिङ गर्दै, सन्दीप लामिछाने बेन्चमा

एजेन्सी, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग अन्र्तगत इलिमेनेटर खेलमा नेपालका सन्दीप लामिछानको टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध बलिङ गर्ने भएको छ ।

दिल्लीले टस जितेर सनराइजर्स हैदाराबादलाई ब्याटिङको निम्तो दिएको हो । हैदराबादविरुद्ध हुने खेलका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने पहिलो रोजाईमा परेनन् ।

इलिमेनेटर खेलका लागि दुबै टोलीले एक एक परिवर्तन गरकेका छन् । डबल लिगबाट १८ अंक बनाएको दिल्ली तेस्रो स्थान रहेको थियो भने सनराइजर्स हैदराबादले समान खेलबाट १२ अंक बनाएको थियो ।

यस अघि बुधरबार भएको पहिलो इलिमेनेटरमा साविकको विजेता चेन्नेइ सुपर किंग्सलाई मुम्बई इन्डियन्सले ९ बल बाँकी रहँदा लक्ष्य पुरा गर्दै ६ विकेटको जित निकाल्दा फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

२०७६ बैशाख २५, बुधबार मा प्रकाशित