आइपिएलः दिल्लीको भेट चेन्र्नइसँग, सनराइजर्स २ विकेटले पराजित

एजेन्सी, वैशाख २६ । भारतमाजारी इन्डियन प्रिमियर लिग २०१९ अन्तर्गत एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको छ ।

सनराइजर्समाथि १ बल बाँकी रहँदा लक्ष्य भेटाएको दिल्लीले दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो । विजयी दिल्लीले फाइनल प्रवेशका लागि साविकको विजेता तथा पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको चेन्नेई सुपरकिंग्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल शुक्रबार हुनेछ ।

दिल्लीको जितमा पृथ्वी श नायक बने । अर्धशतक तथा रिसव पन्तको आक्रमक ब्याटिङ मद्दतमा दिल्लीले १ सय ६३ रनको लक्ष्य एक बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो । अर्धसतकीय इनिङ खेलेका पृथ्वीले ३८ बल खेल्दै ६ चौकाको २ छक्काको मद्दतमा ५६ रन बनाएका थिए । यस्तै अर्धशत बनाउन एक रनले चुकेका पन्तले २१ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडे ।

दिल्लीलाई जितको लागि अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा किमो पलले अन्तिम ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै दिल्लीलाई जित दिलाए ।
हैदरावादका भुवनेश्वर कुमार, खलिल अहेमद र रसिद खानले २÷२ विकेट लिए ।

त्यसअघि विशाकापटानममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
हैदरवादका लागि मार्टिन गप्टिलले ३६, मनिष पाण्डेले ३०, कप्तान केनन विलियमसनले २८, विजय शंकरले २५ तथा मोहम्मद नावीले २० रन बनाए । दिल्लीका किमो पउलले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।

२०७६ बैशाख २६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment