आयाक्सलाई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी, वैशाख २६ । भ्रमणकारी टोली टोटेनह्यामले अवे गोलको अन्तरमा नेदरल्यान्डको टोली आयाक्सलाई हराउँदै युरोपा च्याम्पियन्स लिगको फाइलनमा स्थान बनाएको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा लुकास चम्किदा अजाक्सविरुद्व पुनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब टोटनह्यामले अर्को इङ्लिस क्लब लिभरपुलसँगको भेट पक्का गरेको हो ।

टोटेनह्यामका लागि दोस्रो लेगमा लुकासले घरेलु टोली आयाक्सले पहिलो हाफमा लिएको २–० को अग्रतालाई उल्टाउँदै जिन सम्भव बनाएको हो ।
पहिलो लेगको खेलमा १–० ले पराजित टोटनह्याम बुधबार राति पहिलो हाफसम्म समेत २–० ले पछाडी परेको थियो भने भ्रमणकारी टोलीका लागि टोटेनह्यामका लागि लुकासले ५५औं, ५९औं र इन्जुरी समयमा गोल गर्न सफल भएका थिए ।

यस अघि घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा अजाक्सले १९ बर्षिया कप्तान डि लेटको गोलबाट अग्रता लिएको थियो । खेलको पाँचौ मिनेटमा हेडमार्फत गोल गर्दै उनले क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । अजाक्सले ३५ औ मिनेटमा अग्रता दोब्बर पार्यो । डुसान टाडिसको पासमा हाकिम जियाचले ३५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–० को स्थितीमा पुर्याएका थिए । पहिलो हाफसम्म टोटनह्याम समग्रमा ३–० ले पछाडी परेको टोटेनह्यामले दोस्रो हाफमा जादुमय खेल देखाउँदै खेलमा फर्किन सफल भयो ।

 

समग्रमा ३–३ को नतिजा निकाल्दै टोटनह्याम अवे गोलका आधारमा फाइनल प्रवेश गरेको हो । जित सहित टोटनह्यामले जुन १ मा हुने फाईनलमा लिभरपुलसंगको भेट पक्का गरेको छ ।

२०७६ बैशाख २६, बिहीबार मा प्रकाशित