एएफसी यु–१६ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा

काठमाडौं, वैशाख २६ । अर्को वर्ष २०२० मा सिंगापुरमा आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिप छनोटका लागि नेपाल कठिन समूहमा परेको छ ।

एसियाली राष्ट्रका ४७ देशलाई विभिन्न क्षेत्र गरि विभाजन गरिएको समूहमा नेपाल पश्चिम क्षेत्रको समूह ‘ए’ मा परेको छ । नेपाल सम्मिलित समूहमा आयोजक आयोजक जोर्डन सहित ताजाकिस्तान, श्रीलंका र कुवेत रहेका छन् ।

नेपाल सम्मिलित समूहमा पाँच टोली रहेका छन् अन्य समूहमा ४/४ टोली रहेका छन् । छनोटको शीर्ष टोली आउँदो २०२० सिंगापुरमा आयोजना हुने च्याम्पियसनसिपका लाग छनोट हुनेछन् । चार उत्कृष्ट उपविजेता पनि प्रतियोगिताका लागि योग्य हुनेछन् ।
एएफसीका ४७ राष्ट्रले प्रतियोगितामा सन् २०२० को छनोटमा सहभागि जनाउन लागेका हुन् । प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरि आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा जापान सर्वाधिक उपाधि जित्ने टोली हो । प्रतियोगितामा नेपालले तीन संस्करणमा सहभागिता जनाएको छ । १९८५ बाट सुरु भएको प्रतियोगिता प्रत्येक दुई दुई वर्षमा सञ्चालन हुँदै आएको छ । प्रतियोगिता अन्तर्गत नेपालले सन् २००० मा पहिलो पटक सहभागिता जनाएको थियो ।

छनोट भई प्रतियोगितामा सहभागि भएका उत्कृष्ट चार टोलीले फिफाले आयोजना गर्ने फिफा यु–१७ विश्वकपमा सहभागिता जनाउन पाउनेछन् ।

२०७६ बैशाख २६, बिहीबार मा प्रकाशित