सिन्धुकप फुटबल: आयोजकलाई हराउँदै जावलाखेल फाइनलमा

काठमाडाै, वैशाख २६ । जावलाखेल युथ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सिन्धुपाल्चोक लामोसाघु स्थित बसन्तपुर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्याे ।अव उपाधिका लािग जावलाखेल युथ क्लबले गोर्खा ब्वाइज क्लब रुपन्देहीसँग शनिबार खेल्नेछ ।

बिहिबार भएको दोस्रँो सेमिफाइनल खेलमा निर्धारित समय २–२ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी आउटमा गरिएको हो । पेनाल्टी सुटआउटमा आयोजकका विएम कुथु र सन्जिब लामा गोल गर्न चुके ।

जावलाखेलका विशाल तामाङ, सुजित बुठाथोकी, अरुज सिंह, र डानिल बेजेले गोल गरे । आयोजकको लागि कृजल खड्का र सुकृत मगरले मात्रै गोल गरे । जावलाखेल युथ क्लबका गोलरक्षक अरुन तामाङले आयोजकका सन्जिब लामाको प्रहार रोकेका थिए । यस्तै विएम कुथुले भने बाहिर प्रहार गरे । खेलको २५ मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले जावलाखेलको लागि सुरुवाती गोल गरे । उनले सुजित बुढाथोकीको पास सदुपयोग गरेका थिए ।

पहिलो गोल खाएको आयोजकले दोस्रो हाफमा लगातार दुई गोल गर्याे । दोस्रो हाफको १० मिनेटमा आयोजकका कप्तान विएम कुथुले पेनाल्टीमा गोल गरे । जावलाखेलका खेलाडीले सुरेस खत्रीलाई फल गरेपछि आयोजकले पेनाल्टी पाएको थियो । उनै सुरेस खत्रीले खेलको ६० मिनेटमा गोल गरे । सुरेसले जावलाखेलको कप्तान अजय थापा र गोलरक्षक अरुनलाई बिट गर्दै चिप गोल गरेका थिए । खेलको ८२ मिनेटमा गोल गर्दै जावलाखेलको गौतम श्रेष्ठले टिमलाई बराबरीमा ल्याएका थिए । उनले सुजित बुढाथोकीको पासमा हेडिङ गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच आयोजकका सुरेस खत्रि भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

२०७६ बैशाख २६, बिहीबार मा प्रकाशित