चेल्सी युरोपमा लिगको फाइनलमा, उपाधिका लागि आर्सनलसँग भिड्ने

एजेन्सी, वैशाख २७ । चेल्सी युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबारभएको खेलमा इन्ट्राक्ट फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । अब चेल्सीले उपाधिका लागि आर्सनल सँग प्रतिस्पर्धा गर्नुपर्छ ।

यो सँगै इङ्ल्यान्डले युरोपियन क्षेत्रका प्रतिष्ठित ठूला दुई प्रतियोगितको फाइनल खेल्ने टोली दिन सफल भएको छ । पहिलो लेगमा भ्रमणकारी टोली चेल्सीले इन्ट्राक्ट फ्रान्कफर्टसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो लेगमा पाहुना टोली फ्रान्कफर्टसँग १–१ गोलको बराबरी खेलेको थियो । निर्धारित लेग समग्रमा २–२ को बराबरीमा सकिएपछि बिहीबार भएको खेल अतिरिक्त समयतिर धकेलिएको थियो ।

थपिएको समयमा पनि दुबै टोलीले स्पष्ट जित निकाल्न नसक्दा अन्तत खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो । पेनाल्टी सुटको प्रतिस्पर्धामा चेल्सी भाग्यमानी बन्दै आर्सनसँगको भेट पक्का गरेको हो । निर्णायक पेनाल्टीमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई उपाधि नजिक पुर्याउन सफल भएका हुन् ।

आउँदो सिजनका लागि च्याम्पियन्स लिगका लागि स्थान बनाइसकेको चेल्सीले यस अघि निर्धारित सयमको खेलमा सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा जित आत्मसात गर्न पेनाल्टी सुटआट सम्म पुग्नु परेको हो । चेल्सीका लागि रुबेन लोफ्टुस चेकले २८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

ल्सीको अग्रता धेर समय टिकेन । ४९ औं मिनेटमा लुका जोभिकले गोल गर्दै भ्रमणकारी टोली इन्ट्राक्ट फ्रान्कफर्टलाई खेलमा फर्काए । बाँकी समयमा घरेलु टोलीले खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन र खेलको निर्णय टाइब्रेकबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा चेल्सीका एक खेलाडी (दोस्रो पेनाल्टी) सदुपयोग गरेनन् भने फ्रान्कफर्टका दुई खेलाडीले अन्तिम दुई पेनाल्टीलाई जाली चुमाउन सकेनन् । युरोपा लिगको फाइनल खेल मे २९ तारिखमा हुनेछ ।

२०७६ बैशाख २७, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment