आइपिएल उपाधिका लागि मुम्बई र चेन्नेई भिड्दै

एजेन्सी वैशाख २९ । कीर्तिमानी आठौं पल्ट फाइनलमा स्थान बनाउन सफल चेन्नेइ सुपर किंग्सले मुम्बई इन्डियन्सको सामना गर्दा १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका छिनोफानो आइतबार हुँदै छ ।

सर्वाधिक महंगो फ्रेन्चाइज ट्वान्टी–२० फ्रम्याटको आइपिएलको फाइनल खेल आज हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुँदै छ । फाइनल खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।

भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीच उपाधिकालागि प्रतिस्पर्धा हुन लागेको हो ।
साविकको विजेता चेन्नई मुम्बईलाई पराजित गर्दै उपाधि रक्षाको लक्ष्यमा हुनेछ । तर, लिगमा भएका तीन मध्ये सबै खेलमा पराजित भएको चेन्नेइलाई जित निकाल्न निकै चुनौतिपूर्ण रहेको छ । किनकी चेन्नेइ अघिल्लो तीन भेटमा मुम्बईसँग पराजित भएको थियो । आजको खेल चेन्नई फाइनलमा मुम्बईसंग बदला लिने अवसर पनि हुनेछ । यो अर्थमा पनि खेल रोमाञ्चक हुने पक्का छ ।

उता, मुम्बई अघिल्ला तीन खेलको पोल्टामा परेकाले उच्च मनोबलका साथ उपाधि हत्याउने उद्देश्यका साथ मैदान उत्रिनेछ । जारी सिजनकै खेलमा मुम्बईले चेन्नईमाथि लगातार चौथो जित निकाल्दै उपाधि जित्न चाहन्छ ।

मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो । हालसम्म दुवै टोलीले समान ३/३ पटक आईपीएलको उपाधि जितेका छन ।

२०७६ बैशाख २९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment