इन्डियन वुमन्स लिगमा सावित्राको दोश्रो ह्याट्रिक

काठमाडौं, बैशाख २९ | ‘साम्बा’ को उपनामले परिचित नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी यतिबेला भारतमा जारि हिरो इन्डियन वुमन्स लिग खेलिरहेकी छिन्।

सेथु फुटबल क्लबमा आबद्द उनले आइतबार भएको खेलमा ह्याट्रिक गरेपछि उनको टिमले प्रतिद्वन्द्वी कोल्हापुर सिटि फुटबल क्लबलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। साम्बाले खेलको ५७ औं, ६७ औं र ७७ औं मिनेटमा गोल गरेकी थिईन्।

सेथुका लागि सावित्रा बाहेक भारतको राष्ट्रिय टिमकी सदस्य रतनबाला देवीले समेत २४ औं, २९ औं र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिईन्। थप दुई गोल दंगमेई ग्रेसले चौथो र २० औं मिनेटमा गर्दा कोल्हापुरकि जबमानी टुडुले पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा आत्मघाती गोल गरेकी थिईन्।

सावित्राले इन्डियन वुमन्स लिगको चौथो खेल खेलिरहँदा व्यक्तिगत दोश्रो ह्याट्रिक गरेकी छिन्। उनले आफ्नो डेब्यु खेलमा मणिपुर पुलिस बिरुद्द ह्याट्रिक सहित ४ गोल गर्दै प्लेयर अफ द म्याच घोषित भएकी थिइन्। त्यसपछि भएका २ खेलमा उनले १/१ गोल गरिन्।

प्रतियोगितामा उनि ९ गोल सहित सर्बाधिक गोलकर्ताको सुचिमा दोश्रो स्थानमा छिन्। पहिलो स्थानमा १३ गोल सहित मणिपुरकी एन्ग्यांगोम बालादेवी रहेकी छन् भने तेस्रो र चौथो स्थानमा सावित्राका सहपाठी रतनबालादेवी (६ गोल) र दंगमेई ग्रेस (५ गोल) रहेका छन्।

सेथु फुटबल क्लब रहेको समूहको अंकतालिका

२०७६ बैशाख २९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment