म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

एजेन्सी, वैशाख २९ । अन्तिम खेल निर्णायक बनेको खेलमा साविकको विजेता म्यान्चेस्टर सिटीले ब्राईटनमाथि ४–१ को जित निकाल्दा इङ्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ ।

ब्राईटनको घरेलु मैदानमा उपाधि छिनोफानोका लागि भएको खेलमा सिटीले घरेलु टोलीलाई हराउँदा २००९ पछि लगातार दोस्रो पटक प्रिमियर लिगको उपाधि जित्ने टोली बनेको हो । साथै गत सिजनको उपाधि जितेको सिटी माथिल्लो डिभिजन च्याम्पियन बनेको यो चौथो पटक हो ।

अन्तिम दिन सिटीलाई उपाधि रक्षाका लागि जित्नै पर्ने दबाब थियो । घरेलु टोली ब्राईटनले सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा ब्राईटन सुखद अन्त्य गर्नबाट चुकेको हो । २७ औं मिनेटमा मुरेले गोल गर्दै ब्राईटनका लागि सुरुआती अग्रता दिलाएका थिए । तर अर्को मिनेटमा सिटीका लागि डेभिड सिल्भाको पासमा सर्जियो एग्युरोले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरी अवस्थामा ल्याए । ३८ औं मिनेटमा लपोर्टेले कर्नर बलमा हेडरमार्फत गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा २–१ ले अघि रहेको सिटीले दोस्रो हाफमा पनि उत्कृष्ट खेल देखाउँदै थप २ गोल गर्न सफल भयो । सिटीका लागि खेलको ६३ औं मिनेटमा रियाद महारेजले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै भ्रमणकारी टोली सिटीको अग्रता फराकिलो पारे । ७२ औं मिनेटमा गुन्डोगनले फ्रिकिकमा टोलीका लागि चौथो गोल गर्दै उपाधि पक्का गर्ने अवस्थामा पुर्याए । बाँकी समयमा घरेलु टोली खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन अन्तिमा खेलमा अंक गुमाउन बाध्य बन्यो ।
जितपछि सिटीले ३८ खेलबाट ९८ अंक जोड्दा एक अंक ले पछि परेको लिभरपुल उपविजेतामा सिमित बन्यो । उल्फसलाई २–० ले पराजित गर्दै तालिकामा ९७ अंक जोडे पनि उसका लागि उपाधि जितका लागि पर्याप्त भएन् ।

लिभरपुलका लागि उपाधि जित्न सिटीले अंक गुमाउनु पर्ने भए पनि सिटीले सहज जित निकाल्दा लिभरपुल उपविजेतामा खुम्चिनु परेको हो । अन्तिम दिन लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको चेल्सी तेस्रो भयो भने टोटेनह्यामा चौथो हुँदै २०१८÷१९ को सिजन समाप्त गरेका छन् । यस्तै आर्नसल पाँचौ हुँदा म्यानचेस्टर युनाइटेड ६६ अंक जोडेर छैटौं स्थानमा सीमित रह्यो ।

२०७६ बैशाख २९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment