१३औं सागको लोगो र मस्कट सार्वजनिक

काठमाडौं, वैशाख ३० । आउँदो डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि युवा तथा खेलकुद मन्त्रालयले लोगो र मस्कट सार्वजनिक गरेको छ ।

सोमबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले संहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
सागको लागि लोगो बनाउनको लागि खुला गरिएको आवेदनमा ६ जनाले लोगो बनाएर पठाएको र त्यसैबाट भोलानाथ पौड्यालको लोगो छनोट गरिएको सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सार्वजनिक लोगोमा शान्तिको प्रतिक परेवा र हिमाल तथा साग खेल्ने सात सदस्य देशलाई समावेश गरिएको छ । जसले सार्क राष्ट्रबीच आपसी एकता, भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने लोगोको निर्माण गरेका भोलानाथले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै सार्वजनिक मस्कटमा कृष्णसारको आकृति समावेश गरिएको छ । नेपालको पश्चिममा पाइने र संरक्षण गर्ने हिसावले कृष्णसारलाई मस्कटमा राखिएको जीवन राम श्रेष्ठले जानकारी दिए ।

डिसेम्बर १ देखि १० सम्म नेपालले विभिन्न प्रतिस्पर्धामा खेल आयोजना गर्दैछ । २७ खेलमा प्रतिस्पर्धा गर्ने तयारीसहित मन्त्रालयले आफ्नो काम तीब्र रुपमा अघि बढेको मन्त्रालयले जनाएको छ ।

२०७६ बैशाख ३०, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment