एएफसी कपः मिनर्वासँग बराबरी खेलेको मनाङलाई अघिल्लो चरण कठिन

काठमाडौं, जेठ १ । पाहुना टोली मिनर्वा पञ्जाबसँग दोस्रो लेगमा पनि बराबरी खेल्दै अंक बाँडको मनाङ मस्र्याङ्दी क्लबको एएफसी कप यात्रा कठिन भएको छ ।

अघिल्लो चरणको यात्रालाई जिवितै राख्न जित्नै पर्ने दबाबमा रहेको मनाङले १० खेलाडीमा सिमित बनेको मिनर्वाविरुद्ध फाइदा उठाउन नसक्दा अघिल्लो चरणको यात्रा गणितिय आधारमा मात्र बाँकी रहेको हो । बुधबारै बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोली अबहानी ढाकाले पाहुना टोली चेन्नेइन एएफसीलाई ३–२ ले पराजित गर्दा मनाङको सम्भावना गणितमा बाँकी रहेको हो । त्यसका लागि मनाङले आउँदा दुईखेलमा फराकिलो अन्तरमा जित निकाल्नु पर्ने हुन्छ भने अन्य समिकरण पनि मनाङको पक्षमा पर्नु पर्छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबैले बराबरी १–१ गोलको बराबरी खेलेका हुन । यसअघि भारतमा भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । आजको खेलमा पञ्जाबले सुरुवाती अग्रता लिएको थियो ।

पन्जाबका लागि खेकाले ३९औं मिनेटमा थाईबा सिंहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । मनाङका लागि विदेशी खेलाडी साहिदले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल गर्दै हारबाट जोगाएका थिए । कमल श्रेष्ठको क्रसमा उत्कृष्ट हेडर गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा पाहुना टोली पन्जाब १० खेलाडीमा समेटिएको थियो । पन्जाबका डिफेन्डर प्रतीक जोशीले मनाङका स्ट्राइकर सोमिडेलाई फाउल गरेपछी रेफ्रीले पँहेलो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

यस बरबारीसँगै चार खेल खेलेको पन्जावले चार खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ । यता चार खेल खेलेको मनाङले २ खेलमा हार र २ मा बराबरी गर्दै २ अंक जोडेको छ । मनाङले यसअघि पन्जाबसँग उसैको घरेलु मैदानमा २–२ को बराबरी खेलेको थियो ।

२०७६ जेष्ठ १, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment