एसिया कप ह्विल चियर क्रिकेटः नेपालको लगातार दोस्रो हार

काठमाडौं, जेठ २ ।  नेपालमा जारी एसिया कप ह्विल चियर ट्वान्टी–२० क्रिकेटमा आयोजकले लगातार दोस्रो पराजय भोगको छ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बीहिबार भएको दिनको पहिलो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित हुँदा र दिनको दोस्रो खेलमा भारतले लगातार दोस्रो जित निकाल्दा नेपालको फाइनल पुग्ने सम्भावन कमजोर भएको छ ।

दिनको पहिलो खेलमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्दा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भयो । यस अघि बुधबार भएको पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

घरेलु टोली नेपाल विरुद्ध जित निकाल्न बंगलादेशका मोहमद रिपोन उडिनले नटआउट अर्धशतकीय इनिङ्स खेले । ३५ बलको सामना गरेको मोहमदले १० चौका प्रहार गरेका थिए । यस्तै, ३० बल खेल्दै ६ चौका प्रहरा गरेका जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले नटआउट १३ रनको पारी खेले । बलिङतर्फ नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४८ रन बटुल्न सफल भएको थियो । खेलमा नेपालका लागि ओपनरद्वय होमनाथ राईले ३६ तथा कप्तान दिग्म चेम्जोङले ३५ रनको पारी खेले । यस्तै, डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोड्दा अन्य ब्याट्स म्यानले दोहोर अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।

पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । उता नेपालमा माथि ८ विकेटको जित निकालेको बंगलादेशको प्रतियोगितामा पहिलो जित हो ।

प्रतियोगिता अन्तर्गगत बिहीबारै सम्पन्न दिनको दोस्रो खेलमा भारतले पाकिस्तानमाथि १७ रनको जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

बिहीबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मेदानमा सम्पन्न दिनको दोस्रो खेलमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय ७६ बटुल्न सफल भयो ।

पाकिस्तानका लागि सजिद अलि अब्बासी एक्लैले नटआउट ८८ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन् । यस्तै महमद फियाजले ४७ तथा महमद लतिफले १३ रन बनाए । कसिलो बलिङ गरेको भारतका लागि सौरभ मलिकले २ तथा परशुराम डिसेल र विश्वनाथ गौरभले समान १/१ विकेट हात पारे ।

यस अघि ब्याटिङ गरेको भारतले निर्धातिर २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बटुल्न सफल भएको थियो । भारतका लागि परशुराम डिसेलले ९१ बलको सामना गर्दै २१ चौकाको मद्दतमा १ सय ९ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै अर्का ओपनर सौरभ मलिकले १० चौका र १ छ्क्काको मद्दतमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

लागातार दोस्रो खेलमा जित निकालको भारतको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । लिग चारणको अन्तिम दिन शुक्रबार नेपाल र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ । अब पाकिस्तान र बंगलादेशबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

२०७६ जेष्ठ २, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment