लालीगुराँस र बिएनए फाइनलमा

काठमाडौं, जेठ २ । लालीगुराँस नेसनल एकेडेमी र आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को ‘ए’ टिम चौथो बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

लालीगुराँसले गोल्डेनपिकलाई ३४–२५ ले पराजित ग¥यो । लालीगुराँसको जितमा रोशन घलेले १५ अंक योगदान गरे । सन्देश खड्काको १५ अंक सहयोगमा बिएनए ‘ए’ ले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २५–२० ले हरायो ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा गोल्डेनपिक र ग्रिनल्यान्ड यसअघि नै फाइनल पुगिसकेका छन् । फाइनल शुक्रबार हुनेछ ।

२०७६ जेष्ठ २, बिहीबार मा प्रकाशित