सदस्यता खारेजविरुद्ध क्यान उपाध्यक्ष मैनाली सर्वाेच्चमा

काठमाडौं, जेठ २ । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित कमिटीका वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले आफ्नो सदस्यता कायम गरिपाऊँ भन्दै सर्वोच्च अदालतले दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को स्वतन्त्र समितिले वैशाख २६ गते सदस्यता खारेज गरेसँगै मैनालीले सर्वाेच्चमा राष्ट्रिय खेलकुद परिषद् (राखेप),निर्वाचित क्यान, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले गठन गरेको स्वतन्त्र समिति र बाँके जिल्ला क्रिकेट संघलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका थिए ।

मैनालीले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंक मोक्तानको एकल इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो ।

स्वतन्त्र समितिको कानुनी टोलीले पेस्की फस्र्यौट नगर्नेलाई प्रतिनिधि बस्न नपाउने नियम बनाउँदै जिल्ला क्रिकेट संघहरूलाई पत्राचार गर्दै मैनाली, उपाध्यक्ष नरेश श्रेष्ठ, शैलेशकुमार चौधरी, रतनबहादुर कठायत, सचिव उत्तम कर्माचार्य र किरण राणा तथा सदस्य सुनीलसिंह हमालका साथै क्यानका पूर्वसदस्य कृष्णकह्नैैया कायस्थ, प्रेम सेन्चुरी, अनुपशमशेर थापा, प्रशिक्षक मन्जुल आलम खान, क्युरेटर प्रफुल्लसागर प्रधान र डोटीका चक्रबहादुर साउद गरी १२ जनाको सदस्यता खारेज गरेको थियो ।

सर्वाेच्चको आदेशसँगै क्यानको आसन्न निर्वाचन प्रभावित हुने सम्भावना बढेको छ ।

२०७६ जेष्ठ २, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment