कान्तिपुर म्याराथन आउने शनिबार

काठमाडौं, जेठ ३ । कान्तिपुर पब्लिकेशन्सको आयोजना हुने कान्तिपुर हाफ म्याराथनमा करिब ३ हजार धावकले सहभागिता जनाउने भएका छन् ।

आयोजक कान्तिपुर पब्लिकेशन्स प्रालिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर हाफ म्याराथन, तीन किलोमिटर ह्विल चियर, पाँच किलोमिटर कार्पोरेट–मिडिया दौड मा कुल ३ हजारले सहभागिता जनाउने आयोजकले जनाएको हो ।

आउँदा शनिबार आयोजना हुने म्याराथनलाई सिटिजन्स बैंकले मुख्य प्रायोजन गरेको छ । म्याराथनमा नेपाल एथ्लेटिक्स सघंको प्राविधिक सहयोग गरेको छ । कान्तिपुर पब्लिकेशनबाट सरु हुने हाफ म्याराथन माइतीघर हुँदै बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर सोहि स्थानबाट माइतीघर हुँदै कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले स्कुटरसहित समान ५०–५० हजार पुरस्कार हात पार्नेछन । यस्तै उपविजेताले ३०–३० हजार नगद र तेस्रो हुनेले समान २० – २० हजार प्राप्त गर्ने छन । यस्तै चौथोले १०–१०, पाँचौले ५–५ हजार प्राप्त गर्दा छैटौं हुनेले समान ३–३ हजार प्राप्त गर्ने छन ।

हाफ म्याराथनमा सहभागिता जनाउन जेठ ८ गतेभित्र कान्तिपुर पब्लिकेशनमा नाम दर्ता गराईसक्नु पर्ने हुन्छ । त्यस्तै ह्विल महिला र पुरुष प्रतिस्पर्धामा विजेताले २०–२० हजार पाउँदा उपविजेताले १०–१० हजार र तेस्रो हुनेले समान ५–५ हजार प्राप्त गर्ने छन । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।

कर्पोरेट–मिडिया दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर हुँदै सिभिल हस्पिटल पुगेर पुनः त्यहिँ बाटो फर्केर कान्तिपुर पब्लिकेशन थापाथली आएर टुंगिने छ । कर्पोरेट–मिडियातर्फको विजेताले थाइल्याण्डको बैककको ३ रात ४ दिनको प्याकेज प्राप्त गर्दा उपविजेताले २ रात ३ दिनको प्याकेज र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पाउने छ ।

२०७६ जेष्ठ ३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment