एसिया कप ट्वान्टी–२० ह्विल चियर क्रिकेटः उपाधिलाइ भारत र पाकिस्तान भिड्दै

काठमाडौं, जेठ ४ । नेपालमा जारी एसिया कप ट्वान्टी–२० ह्विल चियर क्रिकेट प्रतियोगिताका लागि भारत र पास्कितान भिड्दै छ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने फाइनल खेल विहान ९ बजेबाट सुरु हुँदैछ।

दक्षिण एसियाका चार देशको सहभागिता रहेको पहिलो संस्करणको प्रतियोगिता यस अघि भारतमा आयोजना हुने भनिए पनि प्राविधिक कारण यस वर्ष नेपालमा आयोजना भएको हो।

प्रतियोगितामा आयोजक नेपाल सहित भारत, पाकिस्तान र बंगलादेशले सहभागिता जनाएका छन्।

नेपाल ह्विल चियर क्रिकेट संघको आयोजना भएको प्रतियोगितामा चार टोलीलाई लिग प्रणालीमा खेलाइएको थियो । जस अन्तर्गत भारतले लिगका सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भएको हो भने पाकिस्ता तीन मध्ये दुईमा जित र एक खेलमा पराजित हुँदै शीर्ष दुई भित्र अटाउँदा फाइनल यात्रा तय गर्न सफल भएको हो ।

पाकिस्तान भारतसँग लिग चरणको खेलमा पराजित भएको थियो । आज हुने खेलमा पाकिस्तानलाई बदला लिने अवसर हुनेछ भने भारत अपराजित रहँदै उपाधि जित्ने दाउमा हुनेछ ।

उता आयोजक नेपालले भने लिगका सबै खेलमा पराजित हुँदै प्रतियोगिता टुङ्गाएको छ ।

Feature Photo – cricketwale.com

२०७६ जेष्ठ ४, शनिबार मा प्रकाशित