रोनाल्डो बने प्लेयर अफ दि सिजन

एजेन्सी । युभेन्ट्सलाई इटालियन सिरि ए को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलको पोर्चुगलका स्ट्राइका क्रिस्टियानो रोनाल्डो यस जिसनको प्लेयर अफ दि सिजन घोषित भएका छन् ।

स्पेनिस क्लब रियाल मड्रिडमा यसै सिजन युभेन्ट्समा आवद्ध भएका ३४ वर्षिय रोनाल्डीले क्लबका लागि २२ गोल गर्न सफल भएका छन् भने टोलीका लािग ११ गोलका लागि एसिस्ट गरेका थिए ।

प्लेयर अफ दि सिजनको उपाधि जित्न सफल रोनाल्डोले सबैको साथ र मायाले खेलमा राम्रो प्रदर्शन प्ररेणा मिलेकाले आफू सफल भएको प्रतिक्रिया दिए ।

“सफल बन्नुमा प्रशिक्षक मासिमिलियानो एलग्रीको ठूलो भूमिका छ । मेरो प्रशिक्षक प्रति म आभारी छु,” स्ट्राइकर रोनाल्डोले भने, “सबैलाई धन्यवाद ।”

यस्तै इन्टर मिलानका गोलकिपर अफ दि इयर इन्टर मिलानका सामिर हाण्डनोभिक, नेपोलीका डिफेन्डर अफ दि सिजन कालिदोउ काउलिबली चुनिँदा लाजियोका सेर्गिज साभिक मिडफिल्डर अफ दि सिजन, साम्पदोरियाका फाबियो स्ट्राइकर अफ दि सिजन र रोमाका निकोलो जानिओला युवा खेलाडी चुनिए ।

२०७६ जेष्ठ ५, आईतवार मा प्रकाशित