बार्यन म्युनिखलाई सातौं पल्ट जर्मन बुन्डेसलिगको उपाधि

एजेन्सी । बार्यन म्युनिखले शनिबार राति भएको खेलमा इन्ट्राक्ट फ्रान्कफटलाई ५–१ ले स्तब्ध बनाउँदै जर्मन बुन्डेसलिगाको उपाधि उचाल्न सफल भएको छ ।

बार्यन म्युनिखको घरेलु मैदान अलियन्त्र एरिनामा भएको खेलमा शीर्ष स्थानको बार्यनले सातौ स्थानको इन्ट्राक्ट फ्रान्कफटलाई फराकिलो अन्तरले हराउँदा उपाधि चुम्न सफल भएको हो । देस्रो स्थानको बोरुसिया डर्टमन्डलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो ।

जितसँगै बायनको अंक तालिकामा ७८ अंक बनाउन सफल भएको हो । शनिबार भएको खेलमा बार्यनका लागि किंग्सले कोम्यानले चौथो मिनेटमै गोल गर्दै घरेलु टोलीका लागि सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको बार्यनविरुद्ध पाहुना टोली फ्रान्कफटले ५० औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्किने संकेत देखायो । तर उपाधि जित्न सुखद नतिजाको खोजिमा रहेको बार्यनले पाहुना टोलीलाई दबाबमा राख्यो । त्यसको तीन मिनेट पछि डेभिड अल्बाले गोल गर्दै बायनलाई पुनः २–१ ले अघि बढाए । रेनाटे सान्सेचले ५८ औं मिनेटमा तेस्रो तथा फ्रान्क रेबरीले ७२ औं मिनेटमा गोल गर्दै टिमलाई ४–१ को अबस्थामा पुर्याए । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बार्यनका लागि ७५ औं मिनेटमा आर्जेन रोबेनले पाँचौ गोल थप्दै घरेलु टोलीको अग्रता मजबुत पारेका थिए ।

शनिबारको जितसँगै उपाधि उचालेको बार्यनले सातौं पटक जर्मन बुन्डेसलिगको उपाधि उचाल्न सफल भएको छ । शनिबारै सम्पन्न तालिकाको दोस्रो स्थानमा रहेको डर्टमण्डले अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडवाचलाई उसैको मैदानमा २–० ले हराए पनि उपाधि उचाल्नका लागि पर्याप्त भएन ।

२०७६ जेष्ठ ५, आईतवार मा प्रकाशित