दोस्रो चन्द्रागिरि उपमेयर कप बुधबारबाट

काठमाडौं । दोस्रो चन्द्रागिरि उपमेयर कप अन्तरविद्यालय खुला छात्रा भलिबल प्रतियोगिता बुधबाट हुने भएको छ ।

जेठ ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यु डायमन्ड एकेडेमी ‘ए’ र परोपकार आदर्श मावि भिड्ने भएका छन् ।
मदन भण्डारी स्पोटर््स एकेडेमी चन्द्रागिरि नगर कमिटीको आयोजनामा चन्द्रागिरी नगरपालिका स्थित न्यु डायमन्ड एकेडेमीको कोर्टमा सञ्चालन हुने प्रतियोगितामा १० टोलीले सहभागिता जनाउँदै छन् । सहभागी टोलीलाई आयोजकले चार समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेलाइनेछ । लिगका शीर्ष टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा प्रतियोगिताको उद्घाटन हुने मदन भण्डारी स्पोटर््स एकेडेमी चन्द्रागिरि नगर कमिटीका अध्यक्ष अष्टकुमार महर्जनले जानकारी दिए ।
दुई वर्षअघि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुदमन्त्री भएको कार्यकालमा नेपाल सरकारले जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

विद्यालय तहमा लुबकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ । लिग र क्वार्टरफाइनलका खेल बेस्ट अफ थ्रीमा खेलाइनेछ भने सेमिफाइनल र फाइनल बेस्ट अफ फाइभमा खेलाइने छ ।
हौसला दिन कार्यक्रममा उपस्थित भएका नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जरमण शर्माले आउँदो बजेटमा राष्ट्रिय खेल भलिबललाई विशेष प्राथमिकता दिँदै भलिबल विकासमा सहयोग गरिदन आग्रह गरे ।

‘सरकारले राष्ट्रिय खेल घोषणा गरे पनि भलिबले आशा लाग्दो सहयोग पाउन सकेको छैन,’ अध्यक्ष मनोरञ्जनरमण शर्माले भने, ‘संसदीय समितिमा रहेका कुनै पनि सांसदले राष्ट्रिय खेल कुन भन्ने बारेमा अनभिज्ञ छन् । छलफलका लागि बोलाइएको बैठकमा कुरा राख्न भनियो तर भलिबलको बारेमा सोध्दा सबैले अनभिज्ञता प्रकट गरे ।’
‘राष्ट्रिय खेल भएका नाताले विषेश सहयोगको अपेक्षा थियो तर उनीहरूको अनभिज्ञताले चित्त दुख्यो,’ अध्यक्ष शर्माले थपे, ‘भलिबललाई देशैभर चिनाउन यस्ता खाले प्रतियोगिताले सहयोग पु¥याउनेछन् ।’
नेपाल भलिबल संघको तŒवावधानमा हुने प्रतियोगितको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । यस्तै चौथो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वाेत्कृष्ट खेलाडी १ हजार ५ सय र व्यक्तिगत विधातर्फका उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटरलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत २ लाख ५५ हजार रहेको छ ।
प्रतियोगिताको अवसरमा नै ‘भलिबल दिवस सेलिब्रेसन’ गर्ने क्रममा कुनै एक विभागीय टोली र न्यु डायमन्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

२०७६ जेष्ठ ५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment