मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय टोली सार्वजनिक, अभिसेकको इन्ट्री, भरत र विमल आउट

काठमाडौं । मलेसिया र चाइनिज ताइपेइसँग हुने दुई मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराज महर्जनको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

आगमी जुन २ र जुन ६ मा हुने मैत्रिपूर्ण खेलका लािग नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदसीय नेपाली टोलीको घोषणा गरेका हुन ।

घोषणा गरिएको टोलीमा राष्ट्रिय टोलीका स्ट्राइकरद्वय विमल घर्ती मगर र विभागीय टोली त्रिभुवन आर्मीका कप्तान भरत खवास टोलीमा अटाएनन् । फिजिकल फिटनेसमा समस्या देखिएपछि विमल टोलीमा नपर्दा भरत भने चोटका कारण मैदान बाहिर रहने भएका हुन् ।
यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशीलाई पनि मैत्रिपूर्ण खेलका लागि समावेश गरिएन । राष्ट्रिय टोलीमा फर्किन संघर्षरत जगजित श्रेष्ठ पनि प्रशिक्षक कालिनको पहिलो रोजाईमा परेनन् ।


शहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अभिसेक रिजालले राष्ट्रिय टोलीमा डेब्यु पाएका छन

नेपाली टिमः

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु , एलेन न्यौपाने

डिफेन्डरः विराज महर्जन (कप्तान), सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डरः सुनिल वल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना

फरवार्डः नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट

२०७६ जेष्ठ ६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment