ओलिभरको सम्झौता नवीकरण

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका स्ट्राइकर ओलिभर जिराउडले नयाँ सिजनका लागि क्लबसँगको सम्झौता नविकरण गरेका छन् ।

३२ वर्षीय फ्रान्सेली स्ट्राइकर जिराउडले सम्झौता नविकरण भएकोमा खुसी व्यक्त गरे ।

‘सम्झौता नवीकरण गर्न पाएकोमा म निकै खुसी छु । मेरो चाहना क्लबाट अझै एक सिजन खेल्ने मन छ,’ जिराउडले, ‘म टोलीको महत्वपूर्ण सदस्य रहेको महसुस भएको छ । आउँदो सिजनमा क्लबलाई उपाधि दिलाउनेमा म आशावादी पनि छु ।’

सिजनको समाप्तिपछि जिरु सम्झौताविहीन थिए । तर आउँदो सिजनका लागि चेल्सीले सम्झौता गर्दा उनकै टोलीमा यथावत् रहने पक्का भएको हो ।

जिरु यसअघि २०१८ मा आर्सनलबाट व्यावसायिक खेल खेलेका थिए । सबैखाले प्रतियोगिताअन्तर्गत ६२ खेल खेलेका जिरुले १७ गोल गर्न सफल भएका छन् ।

चेल्सीलाई युरोपा लिगको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका जिरुले १३ खेलबाट १० गोल गरेका छन् भने ३ गोलका एसिस्ट गरेका छन् । उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा चेल्सीले अघिल्लो सिजन एफए कपको उपाधि उचाल्न सफल भएको थियो ।

२०७६ जेष्ठ ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment