मेसीको कप्तानीमा अर्जेन्टिनी टोली सार्वजनिक

एजेन्सी । स्पेनिस ला लिगा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका लागि राष्ट्रिय टोलीको घोषण गरेको छ ।

कप्तान मेसीसँगै इङ्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीका सर्जियो एग्युरो पनि टोलीमा समावेश गरिएको छ । आसन्न कोपा अमेरिका कपका लागि २३ सदस्यीय अर्जेन्टिनी फुटबल टोलीको घोषणा गरिएको हो । सार्वजनिक टोलीमा मेस्सीले अर्जेन्टिनाको फरवार्ड लाईन सम्हाल्नेछन् ।

यस्तै ईटालियन महारथी युभेन्ट्सका स्टार पाउलो ड्याबाला र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका एन्जल डि मारिया समेत टिममा समावेश छन । उता इटालियन क्लब इन्टर मिलानका मौरो आइकार्डो भने टोलीमा अटाएनन् ।

२०७६ जेष्ठ ८, बुधबार मा प्रकाशित