अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितः नेपाल दोस्रो दिन पनि जित विहिन

काठमाडौं । दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत नेपाल दोस्रो दिन पनि तीन वटै तौल समूमा पराजित भएको छ ।
मंगलबार भारतको गुवाहाटी स्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएका तीन तौल समूहमा नेपालले हार व्यहोर्यको हो ।

५१ केजीतौल समूह अन्तर्गत भएको पहिलो खेलमा नेपालकी माला राई छ पटककी विश्व विजेता एमसी मेरी कमसँग पराजित भइन् । माला युनिनमस नतिजाको आधारमा ५–० अंकले पराजित भएकी हुन् ।

त्यस्तै मंगलबार नै भएको ५४ केजीतौल समूहको दोस्रो खेलमा नेपालकी मिनु गुङ भारत ‘सी’कीजमुना बोरो सँग पराजित भईन् । उनि ५–० अंकले पराजित भएकी हुन् ।
मंगलबार नै भएको अन्तिम खेलमा ६४ केजीतौल समुमा नेपालकी पुनम रावलले भारत ‘ए’की पविला बसुमातारिसँग पराजित भएकी हुन् । उनि ५–० अंकले पराजित भईन । इन्डियन बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन् ।

जस मध्यचार जना खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

२०७६ जेष्ठ ८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment