इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ: भुपेन्द्रको उत्कृष्ट प्रदर्शन

काठमाडौं । दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा नेपालका भुपेन्द्र थापाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

मंगलबार भारतको गुवाहाटी स्थित नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ६४ केजीतौल समूहको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले जित भने निकाल्न सकेनन् । भुपेन्द्र भारतका अंकुश डहियासँग ३–२ अंकले पराजित भएका हुन् ।

उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागि सबै नेपाली खेलाडी मध्यहाल सम्मको उत्कृष्ट प्रदर्शन हो । बुधबार नै भएको ५२ केजी तौल समुहमा तेज बहादुर देउवा भारतका पीएल प्रसादसँग पराजित भएका छन् । उनि युनिनमस नतिजाका आधारमा ५–० अंकले पराजित भएका हुन् ।

त्यस्तै बुधबार नै भएको अर्काे खेलमा नेपालका प्रकाश लिम्बु भारतका अंकितसँग पराजित भएका छन् । उनि पनि युनिनमस नतिजाको आधारमा ५–० अंकले पराजित भएका हुन् ।

बुधबार नै भएको खेलमा नेपालका विकेश लामा भारतका दिनेश दागरसँग पराजित भएका छन् । उनि ५–० अंकले पराजित भएका हुन् ।

बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा नेपालबाट भाग लिएका ११ जना खेलाडीले सहभागि जनाएका थिए । महिला तर्फ भने मंगलबारको खेलमा नेपालकी पुनम रावलले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

२०७६ जेष्ठ ८, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment