‘युरोपाको फाइनलले भविष्य निर्धारण गर्दैन’ चेल्सी प्रशिक्षक सारी

एजेन्सी, चेल्सीका प्रशिक्षक माउरिसियो सारीको भविष्य आर्सनल र चेल्सीबीच हुने युरोपा लिग पछिको फाइनल खेल पछि निर्धारण नहुने बताइएको छ ।
प्रिमियर लिगमा शीर्ष चार भित्र पर्दै आउँदो सिजनका लागि च्याम्पियन्स लिगको लागि योग्य हुने चेल्सीका लागि सफलता मिलेको भन्दै खुसी पनि व्यक्त गरेका छन् । सारी २९ मे मा हुने युरोपा लिगको फाइनलका लागि केन्द्री रहेका छन् ।

‘हामीलेअ अहिले फाइनलका लागि केन्द्री रहेका छन्,’ ६० वर्षे सारीले भने, ‘चेल्सीमा रहिरहँदा यस्तै अवस्था रहि रहे म छिटो निस्किन चाहन्छु । गएको १० महिना सधै ९० मिनेट खेलिरहे । तर म मेरो काम प्रति खुसी नै छु ।’

सारी प्रशिक्षक रहेको टोली चेल्सीले सम्पन्न प्रिमियर लिगमा तेस्रो रहँदै लिगको समापन गरेको थियो । शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग २६ अंकले पछि परेको थियो ।
‘चेल्सीमा अनुबन्ध भएको मेरो कार्यकाल अझै दुई वर्ष बाँकी छ,’ प्रशिक्षक सारीले भने,‘अन्य क्लबसँग मेरो कुनै पनि सम्झौता भएको छैन् । युरोपा फाइनल पछि म क्लबसँग खुसी रहेको या नरेको बारे कुरा गर्नेछु ।’

‘म क्लबमा खुसी छु तर क्लबको अवस्थाबारे भने सल्लाह गर्नु छ । यो सामान्य हो ।’

२०७६ जेष्ठ ९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment