फिफा विश्वकप फुटबलमा ३२ टिम नै खेल्ने

एजेन्सी । २०२२ मा आयोजना हुने २२ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगितामा ३२ राष्ट्रय सहभागिता जनाउने भएका छन् ।

३२ राष्ट्रबाट बढाएर ४८ देशलाई विश्वकप खेलाउने विषयमा भएको लामो छलफल पछि तयारीको विषयलाई लिएर अन्तत ३२ देशले सहभागि जनाउने फिफाले बुधबार सुनाएको हो ।

फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले ४८ टिमलाई विश्वकप खेल्न दिने विषयमा गहन छलफल हुँदा अहिले सम्भव नभएको बताए ।

कतारले पनि ४८ देशलाई विश्वकप खेलाउने गरि तयारी गर्ने बताए पनि अहिले त्यो सम्भव नहुने देखिएको छ । गत नोभेम्बरमा यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफरिनले पनि २०२२ को विश्वकपमा ४८ देशलाई खेलाउन नसकिने बताएका थिए ।

४८ देशलाई सहभागि गराई २०२६ को संस्करणमा आयोजना गर्ने यस अघि नै घोषणा भएको थियो ।

२०७६ जेष्ठ ९, बिहीबार मा प्रकाशित