एजेन्सी । पाकिस्तानमाथि ३ विकेटको जित निकाल्दै अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि मनोबल बटुल्न सफल भएको छ ।
ब्रिस्टोलमा शुक्रबार भएको खेलमा पाकिस्तानले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको अफागानिस्तानले दुई बल बाँकी रहँदा ७ विकेट गुमाएर भेटाउँदो विश्वकप अघिको अभ्यास खेलमा जित निकाल्न सफल भएको हो ।
अफगानिस्तानलाई जित दिलाउन हाम्सतउल्लाह शहिदिले नटआउट ७३ रनको अर्धसतीकय इनिङ खेले । यस्तै हजरतउल्लाह जाजईले ४९ रन बनाउँदा अर्धसतकबाट एक रनमा चुके । मोहमद नाबीले ३४ तथा रहमत साहले ३२ रन बटुल्दै अफगानिस्ताको जित सुनिश्चित गरेका थिउ । बलिङ तर्फ पाकिस्तानका वहाब रियाजले सर्वाधिक ३ तथा इमाद वासिमले २ विकेट हात पार्न सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन बटुल्न सफल भएको थियो । खेलमा पाकिस्तानका लागि बाबर आजमले १ सय १२ रनको शतकीय इनिङ्स खेले । यस्तै सोयब मल्लिकले ४४ तथा इमाम उल हकले ३२ रन बनाउँदा पाकिस्तानले मध्यम स्कोर जोड्न सफल भएको हो ।
बलिङ तर्फ अफगानिस्तानका मोहमद नाबीले सर्वाधिक ३ तथा राशिद खान र डलट जाड्रनले २÷२ विकेट लिए । आउदो बिहीबारबाट हुन लागेको विश्वकप अघि तयारीका लागि दुबै देशले अभ्यास खेल खेलेका हुन् । इङ्ल्यान्ड र वेल्सको संयुक्त आयोजना हुने विश्वकप जुलाई १४ सम्म सञ्चालन हुनेछ ।
