मेसीको लक्ष्य कोपा डेल रे, पिडा भुलाउने अवसर

एजेन्सी । च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलसँगको पराजयलाई विर्सन लियोनल मेसी कोपा डेल रे को उपाधि जित्ने उद्देश्यमा रहेको बताएका छन् ।

 

करियरकै सबै भन्द्या पिडादायक क्षण भन्दै त्यो पिडा भुलाउन कोपा डेल रे को उपाधि जित्ने योजनामा रहेको बताएका हुन् । चार वर्ष पछि पत्रकार सम्मेलनमा बोलेका ३१ वर्षिय मेसीको बार्सिलोना टोली पहिलो लेगमा ३–० अग्रता लिए पनि दोस्रो लेगमा ४–० ले स्तब्ध भएको थियो ।

‘हामी जसरी पनि यो खेल जित्न चाहन्छौं, उपाधि जित्न चाहन्छौं,’ स्ट्राइकर लियोनल मेसीले भने, ‘कोपा डेल रे को उपाधि जित नै यो सिजनको सुखद अन्त्य हुनेछ ।’


यस अघिको सिजनमा पनि सेमिफाइनल खेलमा रोमासँग दोस्रो लेगमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
स्पेनिस क्लबद्वय बार्सिलोना र भ्यालेन्सिया आज उपाधिका लागि आमने सामने हुँदैछन् ।

बार्सिलोना छोड्ने मनस्थितिमा रहे या नरहेको पत्रकार सम्मेलनमा मेसीले सोझै क्लब नछोड्ने बताएका हुन् ।

‘मेरो समस्या राष्ट्रिय टोलीमा हो । मैले देशका लागि उपाधि दिलाउन सकेको छैन्,’मेसीले भने, ‘यद्यपि उपाधि दिलाउनका लागि मेरो प्रयास जारी छ । च्याम्पियन्स लिगमा पराजित भएपनि मेरो सोचमा कुनै परिवर्तन भएको छैन् ।’

२०७६ जेष्ठ ११, शनिबार मा प्रकाशित