गोल्डेनबुटमा मेसीको कीर्तिमान

एजेन्सी । युरोपा लिगमा यस सिजन सर्वाधिक गोलकर्ता बनेका बार्सिलनालका स्ट्राइकर लियोनल मेसीले लगातार तेस्रो पटक पनि गोल्डेन बुट जित्न सफल भएका छन् ।

योसंगै मेस्सीले लगातार तेस्रो सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी पनि बनेका छन् जुन उनका नाममा कीर्तिमान रह्यो । मेस्सीको यो समग्रमा छैटौं गोल्डेन बुट हो । मेस्सी सर्वाधिक धेरै गोल्डेन बुट जित्ने खेलाडीको कीर्तिमान समेत बनाए । मेस्सी भन्दा पछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले चार पटक गोल्डेन बुट जितेका छज् ।

मेस्सीले यस सिजन ३६ गोल गरेका छन् । अवार्ड जित्न सफल मेस्सीले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै उपाधि जित्न सफल भएका हुन् ।

गत सिजन मेस्सीले ३४ गोल गर्दै लगातार दोस्रो सिजन गोल्डेन बुट अवार्ड जितेका थिए । त्यसअघि मेस्सीले सन २००९–१० मा ३४ गोल, २०११–१२ मा ५०, २०१२–१३ मा ४६ र २०१६–१७ मा ३७ गोल गर्दै गोल्डेन बुट जित्न सफल भएका थिए ।

२०७६ जेष्ठ ११, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment