कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई, बार्सिलोना २–१ स्तब्ध

एजेन्सी । स्पेसिन ला लिगको च्याम्पियन बार्सिलोलनालाई स्तब्ध बनाउँदै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रे को उपाधि जित्न सफल भएको छ ।

शनिबार राति भएको फाइन खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २–१ ले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । फाइनलमा भ्यालेन्सियलाई पराजित गरेपछि ला लिगा र कोपा डेल रे गरी २ वटा उपाधि जित्ने बार्सिलोनाको लक्ष्य अधुरै रहेको हो । यो सँगै कप्तान लियोनल मेसीको च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुँदै उपाधि गुमाउनु परकेको पिडा भुल्ने अवसर पुनः एक पटक गुमेको छ ।

खेलमा भ्यालेन्सियाले पहिला हाफमा गोल गर्दै बार्सिलोनालाई दबाबमा राख्न सफल भएको थियो । २१ औं मिनेटमा केभिजन गामिरियोले गोल गर्दै भ्यालेन्सियाका लागि सुरुआती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा रोद्रिगोले भ्यालेन्सियाका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाउन सफल भएका थिए ।

७३ मिनेटमा लियोनल मेसीले बार्सिलोनाका लागि गोल फर्काए । बाँकी समयमा बार्सिलोना खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र उपविजेतामा खुम्चिनु प¥यो । यो सिजन ला लिगाको उपाधि जितेको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएको थियो । बार्सिलोनाविरुद्ध लिभरपुलले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गर्न सफल भएको थियो ।

२०७६ जेष्ठ १२, आईतवार मा प्रकाशित