ह्यारी केनको कप्तानीमा इङ्ल्यान्ड टोली सार्वजनिक

एजेन्सी । इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले कप्तान ह्यारी केनलाई समावेश गर्दै नेशन्स लिगका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

चोटका कारण केही साता देखी पुनरागमनको प्रयास गरेका केनलाई कप्तानको जिम्मेवारी सहित साउथगेटले टोलीको घोषणा गरेका हुन् । टोटेनहमका केनले १ जुनमा लिभरपुलविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारी गरिरहेका छन ।

प्रशिक्षक साउथगेटले नाथन रेडमन्ड, किरियन ट्रिपर, ह्यारी विक्स र जेम्स वार्ड प्राउजले टोलीमा अटाउन सकेनन् । नेसन्स लिग पोर्चुगलमा ६ जुनबाट ९ जुनसम्म आयोजना हुँदै छ । इङ्ल्यान्डले सेमिफाइनलमा ६ जुनमा नेदरल्यान्डसँग खेल्दैछ । फाइनल प्रवेश गरे इङ्ल्यान्डले ९ जुनमा पोर्चुगल र स्वीट्जरल्यान्डबीच को विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

कप्तानको जिम्मेवारी दिएका केनको टोली टोटेनह्यामले अर्को इङ्लिस क्लब लिभरपुलसँग जुन १ मा युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल्दै छ ।

२०७६ जेष्ठ १४, मंगलवार मा प्रकाशित