एनभिए महिला तथा पुरुष भलिबललाई राष्ट्रिय बाणिज्य बैंकको साथ

काठमाडौं । नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजन गदै आएको राष्ट्रिय वाणिज्य बैंकले दुई बर्षका लागि २४ लाख उपलब्ध गराउने गरि सम्झौता नवीकरण गरेको छ ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठबीच सम्झौतापत्र आदन–प्रदान भएको छ । सम्झौतामा उल्लेख भएनूसार २०७६ सालमा हुने पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताका लागि मुख्य प्रायोजनको जिम्मेवारी लिएको राष्ट्रिय वाणिज्य बैंकले १२ लाख तथा २०७७ सालमा हुन छैठौं सस्करणका लागि १२ लाख उपलब्ध गराउने छ ।

यस भन्दा अघि तेश्रो र चौथौ संस्करणका लागि बैंकले २० लाख उपलब्ध गराएको थियो ।

२०७६ जेष्ठ १५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment