खेलकुद विकासको लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन

काठमाडौं । बुधबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को बजेट अन्तर्गत सरकारले खेलकुद विकासको लागि ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

जारी गरेको बजेट अन्तर्गत सरकारले मुलपानी क्रिकेट मैदान आगामी दुई वर्षमा सम्पन्न गर्ने योजना सहित १० करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको बजेटमा सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र सबै स्थानीय तहमा एक खेलग्राम निर्माण गर्न लागि योजना सुनाएको छ । यस्तै सरकारले काठमाडौँ उपत्यकामा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण गर्ने पनि योजन सुनाएको छ । त्यसका लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको छ।

संघ, प्रदेश र स्थानीय तहमा खेलाडीको प्रशिक्षण, क्षमता विकासका लागि प्रोत्साहन गरिने उल्लेख गरेको छ । यसैगरी सरकारले काठमाडौंमा एउटा क्रिकेट एकेडेमी समेत निर्माण गर्ने र निजी क्षेत्रले लगानीमा बन्ने खेल मैदानलाई प्रोत्साहन गरिने जनाएको छ । यस्तै एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न सरकारले ५ अर्ब रुपैयाँ छुट्याएको छ ।


नेपालमा आगामी डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलका लागि आवश्यक बजेट छुट्याइएको सरकारले जनाएको छ । त्यसका लागि भौतिक पूर्वाधार निमार्णका लागि विशेष प्राथमिकता दिने उल्लेख गरेको छ ।

यस अघि गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेट मध्ये एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र आठौं खेलकुद प्रतियोगिताका लागि २ अर्ब ४ करोड बजेट थियो । यो मध्ये दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमा हुन नसक्दा उक्त प्रतियोगिता डिसेम्बरका लागि सारिएको थियो ।

२०७६ जेष्ठ १५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment