आर्सनलाई हराउँदै चेल्सी दोस्रो पटक युरोपा लिगको च्याम्पियन

एजेन्सी । एडेन हजार्डको दुई गोलको मद्दतमा चेल्सी युरोपा लिग फुटबलको च्याम्पियन बनेको छ । बुधबार राति भएको खेलमा चेल्सीले आर्सनललाई ४–१ को फराकिलो अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

अजरबैजान स्थित बाकुमा भएको उपाधि भिड्न्तमा उपाधि हात पार्न चेल्सीले दोस्रो हाफ कुर्नु प¥यो । पहिलो हाफ गोल रहति बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा ४ गोल गर्न सफल एको थियो आर्सनलले एक गोल फर्काएको थियो ।

चेल्सीको जितका लागि ओलिभर जिरउले ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । प्रिमियर लिगको शीर्ष चार भित्र अटाउँदै आउँदो च्याम्पियन्स लिगका लागि योग्य भएको चेल्सीका लागि पेड्रो रोड्रीग्वेजले ६० औ मिनेटमा गोल गर्दै टोलीको अग्रता २–० को अवस्थामा पुर्याएका थिए ।

६५औं मिनेटमा इडेन हजार्डले पेनाल्टीबाट गोल गर्दै चेल्सीको अग्रता फराकिलो पारेका थिए । पछि परे पछि आक्रामक देखीएको आर्सनलका लागि एलेक्स आउवीले ६९ औं मिनेटमा गोल गर्दै अग्रता कम गरेका थिए । तर ७२ औं मिनेटमा हजार्डले टोलीका लागि चौथो गोल गदै टोलीको उपाधि पक्का गरेका थिए । स्पेनिस क्लब रियाल मड्रिड अनुबन्ध हुने हल्ला चलेको बेला हजार्डले सम्भवत चेल्सका लागि अन्तिम खेल पनि हुन सक्छ ।

प्रिमियर लिगकै अर्को टोली आर्सनललाई स्तब्ध पार्दै उपाधि जितेको चेल्सीले यो सँगै युरोपा लिगको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यस अघि चेल्सीले सन् २०१२/१३ मा उपाधि जितेको थियो ।

२०७६ जेष्ठ १६, बिहीबार मा प्रकाशित