आजदेखी एक दिवसीय विश्वकप क्रिकेट, विजयी सुरुआतको प्रतिक्षामा आयाोजक इङ्ल्यान्ड

काठमाडौं । एक दिवसीय क्रिकेटको महाकुम्भ मेला आजदेखी इङ्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा सुरु हुँदै छ । १२ औं संस्करणको प्रतियोगिताको उद्घाट खेलमा आयोजक इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई आतित्थय गर्दै छ । खेल ओभल मैदानमा हुनेछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुनेछ ।

‘अन लक्की’ टोलीको उपनाम पाएक यी दुई टोलीले सम्मपन्न ११ संस्करणमा कुनै पनि उपाधि जित्न सकेका छैनन् । दक्षिण अफ्रिकाले अहिले सम्म सेमिफाइनल सम्मको यात्रा तय गर्न सफल भएको छ भने क्रिकेटको जननी मानिने इङ्ल्यान्ड भने तीन पटक फाइनल प्रवेश गरे पनि स्तव्ध हुँदै उपाधि जित्ने अभिलाशामा तुसारपात लागेको छ ।

अहिले सम्म सम्पन्न संस्करणमा दक्षिण अफ्रिकाले चार पटक सम्म अन्तिम चारको यात्रा तय गर्न सफल भएको छ । यस्तै सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इङ्ल्यान्डले सधै सहभागितामा नै चित्त बुझाउनु परेको छ । चार पटक सम्म विश्वकपको आयोजना गर्दा तीन पटक फाइनल प्रवेश गरे पनि उपाधि जित्न सकेको छैन् ।

 

अघिल्लो संस्करणमा इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो भने दक्षिण अफ्रिका अन्तिम चारमा रोकिनु परेको थियो ।आयोजक इङ्ल्यान्ड टोलीको कप्तानी इयान मोर्गन गर्नेछन् भने दक्षिण अफ्रिकाको कप्तानी फाप डुप्लेसिसले गर्नेछन् ।

२०७६ जेष्ठ १६, बिहीबार मा प्रकाशित